आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ

सोमबार, १५ माघ २०८०, १६ : १९
सोमबार, १५ माघ २०८०

काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।  

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाइ गरिएको हो । 

एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका थिए । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

२ फेब्रुअरीदेखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप