बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ : वामदेव गौतम

सोमबार, १५ माघ २०८०, १७ : ३०
सोमबार, १५ माघ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गरेका छन् ।  

सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०/६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । सोमबार संघीय संसद्, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताए । 

सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले कृषिलाई प्राथमिकता नदिएर मुलुकमा जनसंख्याको उचित व्यवस्थापन गर्न नसकिने तर्क समेत गरे । सांसद गौतमले कृषियोग्य जमिनलाई खण्डिकरण नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने, ‘ हामीले तुरुन्तै रोजगारी दिने क्षेत्र भनेको त्यही कृषि हो । यसबाट हामीले अहिले भर्खरै ६० लाखलाई रोजगारी दिनसक्छौं । मैले लामो समयदेखि यो कृषि क्षेत्रमा काम गरेको हुनाले हामीले अहिले भर्खरै ६० लाखलाई योजनावद्ध रुपले रोजगारी दिनसक्छौं । र त्यसबाट महिनामा कमसेकम ५०÷६० हजारको दरले हरेकले उत्पादन, आम्दानी गर्न सक्नेगरी विकास गर्न सकिन्छ ।’

सांसद गौतमले महिनामा एक लाख तलब कम्तीमा पाउने गरी दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारलाई सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप