स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, १६ माघ २०८०, १० : ३४
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको २३६औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुने गरी ४ करोड ३९ लाख ४ हजार ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, चुक्ता पूँजीको ०.३६८४ प्रतिशतका दरले २३ लाख १० हजार ७४० रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले चुक्ता पुँजीको ७.३६८४ प्रतिशतका दरले हुने गरी कूल ४ करोड ६२ लाख १४ हजार ८०५ रुपैयाँ लाभांश वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण