सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने

मङ्गलबार, १६ माघ २०८०, १० : ३४
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको २३६औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुने गरी ४ करोड ३९ लाख ४ हजार ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, चुक्ता पूँजीको ०.३६८४ प्रतिशतका दरले २३ लाख १० हजार ७४० रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । कम्पनीले चुक्ता पुँजीको ७.३६८४ प्रतिशतका दरले हुने गरी कूल ४ करोड ६२ लाख १४ हजार ८०५ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप