लालु यादवलाई ९ घण्टासम्म सोधपुछ
बिहार । कानुन पालना गराउने भारतीय निकाय प्रवर्तन निर्देशनालय (ईडी)ले राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवसँग ९ घण्टासम्म सोधपुछ गरेको छ । सोमबार करिब ११ बजे यादव छोरी मिसाको साथमा ईडीको पटनास्थित कार्यालयमा पुगेका थिए ।
त्यहाँ ९ घण्टाभन्दा बढी समयसम्म उनलाई सोधपुछ गरिएको थियो । उनी राति ९ बजे आफ्नो आवास फर्किएको बताइएको छ ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मामिलामा यादवलाई छानबिनको दायरामा ल्याइएको छ । यादवलाई जमिन लिएर जागिर दिएको मामिलामा सोधपुछ गरेको थियो ।
उनलाई ‘जमिनबापत रेल्वेमा जागिर’ घोटालामा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनको सिलसिलामा सोधपुछ गरिएको बताइएको छ । यसक्रममा यादवलाई ७० ओटा प्रश्न सोधिएको थियो । हरेक प्रश्नको जवाफ दिन यादवले डेढ दुई मिनेट लगाएका थिए ।
यादव ईडीको सामुन्ने गएको यो पहिलो पटक हो । आफू निर्दोष रहेको भन्दै यादवले यस मामिलाबाट बच्ने कोसिस गरेका थिए ।
ईडीले यादवसँग पटनाको मरछिया देवी कम्प्लेक्समा फ्ल्याट खरिद बिक्रीलाई लिएर पनि सोधपुछ गरेको थियो । पटनामा किनेको १० हजार ५२९ वर्ग फुट जमिनसहित उनका अन्य कयौँ सम्पत्तिको विषयमा पनि केरकार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण