रुस–युक्रेन युद्धले बढायो अमेरिकी हतियारको माग
वाशिङटन । रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग चुलिएको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ । अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो ।
बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठुलो हिस्सा युक्रेनको छिमेकी पोल्यान्डले किनेको छ । गएको वर्ष पोल्यान्डले १२ अर्ब डलर बराबरको सैन्य हेलिकप्टर किनेको थियो । उसले शक्तिशाली रकेट प्रणालीका लागि १० अर्ब डलर तिरेको छ भने ३ अर्ब ७५ करोड डलर युद्धपोतका लागि भुक्तानी गरेको छ ।
अर्को ४ अर्ब डलर पोल्यान्डले एकीकृत वायु र मिसाइल रक्षा युद्ध कमान्ड प्रणालीका लागि खर्च गरेको छ । जर्मनीले साढे ८ अर्ब डलर, बुल्गेरियाले डेढ अर्ब डलर र नर्वेले १ अर्ब डलर बराबरको युद्ध विमान किनेका छन् । चेक गणतन्त्रले पनि ५ अर्ब ६० करोड डलर बराबरको हातहतियार किनेको छ ।
युक्रेनी युद्धपछि रुसी हातहतियारको माग घटेको छ । रुससँग हतियार किन्न नचाहेका देशहरूमा अमेरिकी हातहतियारको माग बढेको छ । दशकौँसम्म रुस अमेरिकापछि विश्वको दोस्रो ठुलो हतियार आपूर्तिकर्ता देशका रूपमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण