पाकिस्तानमा नोटबन्दी ! नयाँ नोट छाप्ने घोषणा
कराँची । पाकिस्तानले नक्कली नोटको समस्याबाट बच्नका लागि उन्नत फिचर र नयाँ डिजाइनको साथमा नयाँ नोट जारी गर्ने तयारी गरिरहेको छ । नगद भाव झेलिरहेको पाकिस्तानले १० रुपैयाँदेखि ५०० रुपैयाँसम्मका पुराना नोट खारेज गरेर नयाँ नोट जारी गर्ने घोषणा गरेको हो ।
नक्कली नोटको समस्या निवारणका लागि सरकारले यस्तो निर्णय गरेको हो । स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदका अनुसार सुरक्षालाई दृष्टिगत गरेर नोटहरु उन्नत फिचरको साथमा जारी गरिनेछ । मुद्रा प्रणालीलाई आधुनिक बनाउन डिजाइनको समेत अपडटे गरिसकेको अहमदको भनाई छ । यस कदमको लक्ष्य पाकिस्तानको मौद्रिक प्रणाली, कारोबार र नागरिकबिच विश्वास पैदा गर्नु भएको उनले बताए ।
पुराना नोटको ठाउँमा बिस्तारै बिस्तारै नयाँ नोट चलाउन थालिनेछ । विश्व अर्थतन्त्रबिच तालमेल मिलाउन र पाकिस्तानी रुपैयाँको वित्तीय अखन्डता सुनिश्चित गर्न केन्द्रीय बैंकले यो पहल गर्न लागेको हो । बजारका नक्कली नोटले विस्थापित गर्न नसकुन् भनेर यी नोटहरुमा कयौं खालका सुरक्षा फिचर हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण