आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा नोटबन्दी ! नयाँ नोट छाप्ने घोषणा

मङ्गलबार, १६ माघ २०८०, १५ : २३
मङ्गलबार, १६ माघ २०८०

कराँची । पाकिस्तानले नक्कली नोटको समस्याबाट बच्नका लागि उन्नत फिचर र नयाँ डिजाइनको साथमा नयाँ नोट जारी गर्ने तयारी गरिरहेको छ । नगद भाव झेलिरहेको पाकिस्तानले १० रुपैयाँदेखि ५०० रुपैयाँसम्मका पुराना नोट खारेज गरेर नयाँ नोट जारी गर्ने घोषणा गरेको हो ।

नक्कली नोटको समस्या निवारणका लागि सरकारले यस्तो निर्णय गरेको हो । स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदका अनुसार सुरक्षालाई दृष्टिगत गरेर नोटहरु उन्नत फिचरको साथमा जारी गरिनेछ । मुद्रा प्रणालीलाई आधुनिक बनाउन डिजाइनको समेत अपडटे गरिसकेको अहमदको भनाई छ । यस कदमको लक्ष्य पाकिस्तानको मौद्रिक प्रणाली, कारोबार र नागरिकबिच विश्वास पैदा गर्नु भएको उनले बताए ।

पुराना नोटको ठाउँमा बिस्तारै बिस्तारै नयाँ नोट चलाउन थालिनेछ । विश्व अर्थतन्त्रबिच तालमेल मिलाउन र पाकिस्तानी रुपैयाँको वित्तीय अखन्डता सुनिश्चित गर्न केन्द्रीय बैंकले यो पहल गर्न लागेको हो । बजारका नक्कली नोटले विस्थापित गर्न नसकुन् भनेर यी नोटहरुमा कयौं खालका सुरक्षा फिचर हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप