सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

तेस्रो दिन पनि नेप्से सूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ५४ करोडको कारोबार

मङ्गलबार, १६ माघ २०८०, १७ : ३९
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । लगातार नेप्सेको उकालो यात्रा तेस्रो दिन पनि कायमै रहेको छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । 

अघिल्लो दिन नेप्से सूचक १०.२६ अंकले बढ्दै २१ सय ४.७२ अंकमा अडिएको थियो । उसो त आज कारोबारमा समेत बढोन्नती आउँदै ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ५१ लिखा ७८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढेको बजारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी अन्य समूहको उपसूचक ३.५६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक १.७६ प्रतिशतले, होटल तथा पर्यटन समूह १.५९ प्रतिशतले र हाइड्रोपावर समूह १.४७ प्रतिशतले बढेको छ । 

बाँकी समूह १ प्रतिशत कमले बढ्दा बैंकिङ समूह ०.१७ प्रतिशत, फाइनान्स झिनो प्रतिशतले, माइक्रोफाइनान्स ०.३० प्रतिशतले र निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज चन्द्रागिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप