सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपा नेताको हत्याको मुद्दामा १५ जनालाई मृत्युदण्डको सजाय

मङ्गलबार, १६ माघ २०८०, १६ : ५३
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । केरलाको एक अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का १५ जना सदस्यलाई भाजपा नेताको हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि राज्यको अलेप्पी जिल्लामा भाजपाको ओबीसी मोर्चाका सचिव रञ्जित श्रीनिवासनको हत्या गरेको आरोप लगाइएको थियो। 

यो घटना डिसेम्बर २०२१ को हो। रञ्जितको हत्यालाई २०२१ मा एसडीपीआई सचिव केएस शानको हत्याको बदलाको रूपमा लिइएको थियो।

अभियोजन पक्षका वकिल प्रताप जी पडिक्कलले भने, ‘केरलामा हत्याका सबै आरोपीहरूलाई मृत्युदण्ड दिइनु कुनै नौलो कुरा होइन। हामीले यो 'रेरेस्ट अफ रेयर' केस भएको तर्क गरेका थियौं।’ सन् २०२२ मा केन्द्र सरकारले पपुलर फ्रन्ट अफ इन्डियामाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । केन्द्र सरकारले पीएफआईको आतंकवादी संगठन जमात-उल-मुजाहिदीन बंगलादेश र प्रतिबन्धित संगठन सिमीसँग सम्बन्ध रहेको दाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप