भाजपा नेताको हत्याको मुद्दामा १५ जनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । केरलाको एक अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का १५ जना सदस्यलाई भाजपा नेताको हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि राज्यको अलेप्पी जिल्लामा भाजपाको ओबीसी मोर्चाका सचिव रञ्जित श्रीनिवासनको हत्या गरेको आरोप लगाइएको थियो।
यो घटना डिसेम्बर २०२१ को हो। रञ्जितको हत्यालाई २०२१ मा एसडीपीआई सचिव केएस शानको हत्याको बदलाको रूपमा लिइएको थियो।
अभियोजन पक्षका वकिल प्रताप जी पडिक्कलले भने, ‘केरलामा हत्याका सबै आरोपीहरूलाई मृत्युदण्ड दिइनु कुनै नौलो कुरा होइन। हामीले यो 'रेरेस्ट अफ रेयर' केस भएको तर्क गरेका थियौं।’ सन् २०२२ मा केन्द्र सरकारले पपुलर फ्रन्ट अफ इन्डियामाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । केन्द्र सरकारले पीएफआईको आतंकवादी संगठन जमात-उल-मुजाहिदीन बंगलादेश र प्रतिबन्धित संगठन सिमीसँग सम्बन्ध रहेको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण