अमेरिकी राष्ट्रपति चुनाव : रिपब्लिकनबाट उम्मेदवार बन्न प्रतिस्पर्धा
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको चुनावका लागि रिपब्लिकन पार्टीले उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अहिलेसम्म २ वटा राज्यमा भएको ककसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेका छन् ।
यसबीचमा ट्रम्पले उम्मेदवारको प्रतिस्पर्धामा रहेकी निक्की हेलीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, हेलीले ट्रम्पको आग्रहलाई अस्वीकार गर्दै आफू अझैं चुनावी दौडमा रहेको बताएकी छिन् ।
हेलीले ट्रम्पले मनोनयनका माध्यमबाट आफ्नो बदमाशीको रणनीति पूरा गर्न नसक्ने बताइन् । यस महिनाको सुरुमा, ट्रम्पले आयोवा ककसमा शानदार जित हासिल गरेका थिए । यो प्रारम्भिक निर्वाचन प्रक्रियामा पूर्वराष्ट्रपति एकतर्फी विजयी भएका थिए । जबकि निक्की हेली दोस्रो स्थानमा रहिन् ।
उही समयमा, आयोवाको नतिजा बाहिर आएपछि, भारतीय मूलका उद्यमीबाट राजनीतिज्ञ बने विवेक रामास्वामी र फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस उम्मेदवार बन्ने अभियानबाट फिर्ता हुँदै ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए ।
आयोवाको नतिजापछि निक्कीलाई दौडबाट फिर्ता लिन दबाब बढिरहेको छ । ट्रम्पले उनलाई दौडबाट पछि हट्न पनि आग्रह गरेका छन् । तर, दुई पटक साउथ क्यारोलिनाको गभर्नर भइसकेकी निक्कीले पछि हट्न अस्वीकार गरेकी हुन् ।
अर्को प्राथमिक चुनाव (ककस) अर्को महिनाको अन्त्यमा साउथ क्यारोलिनामा हुने छ । हेलीले अमेरिकाका ४८ राज्यमध्ये दुई राज्यको मात्रै नतिजा आएको अवस्थामै आफूले कुनै निर्णय नगर्ने पनि प्रष्ट पारिन् ।
उनले भनिन्, ‘यो लोकतन्त्र हो । अमेरिकी जनताले आफ्नो उम्मेदवार को हो भन्ने निर्णय गर्नेछन्। दुई प्रदेशको आधारमा यो काम गर्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण