माल्दिभ्समा संसद्ले बर्खास्त गरेका ३ मन्त्री राष्ट्रपतिद्वारा पुनःबहाल
माले । माल्दिभ्सको राजनीतिक उथलपुथल रोकिने कुनै सङ्केत देखिएको छैन । आइतबार माल्दिभ्सको संसद्ले दुई जना मन्त्री र महान्यायाधिवक्ताकाे नियुक्तिलाई रद्द गरेको थियो । तर राष्ट्रपति मइज्जुले उनीहरूलाई पुनः बहाल गरेका छन् ।
यसअघि मन्त्रिपरिषद्लाई अनुमोदन गर्न बोलाइएको विशेष बैठकमा विपक्षी दलका चारजना सांसदलाई सामेल गरेको भन्दै विरोध भएको थियो । विरोध बढ्दै जाँदा संसदभित्र मारपिटकै स्थिति उत्पन्न भयो ।
माल्दिभ्सको न्युज वेबसाइटका अनुसार राष्ट्रपति मोहम्मद मइज्जुले आफ्नो मन्त्रिपरिषद्का ती सदस्यलाई पुनः बहाल गरेका छन्, जसलाई सदनले समर्थन नगरी नियुक्ति खारेज गरेको थियो ।
आइतबार संसद्ले मइज्जुले नियुक्त गरेका मन्त्रिपरिषद्का २२ जना सदस्यमध्ये १९ जनालाई समर्थन गर्दै मतदान गरेको थियो । विपक्षी दलका ४ जना सांसदको नियुक्तिलाई संसद्ले खारेज गरिदिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुवै मन्त्री र महान्यायाधिवक्ताले शपथ ग्रहण गरेका छन् ।
संसद्ले अस्वीकार गरेका मन्त्रीलाई राष्ट्रपतिसँग बहाल गर्ने विशेषाधिकार भएको राष्ट्रपतिका प्रमुख सल्लाहकार अब्दुल रहिम अब्दुल्लाले भनेका छन् । विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी) ले मइज्जु सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पूरा तयारी गरिसकेको छ ।
मइज्जु सरकारविरुद्ध महाभियोगको कारबाही अगाडि बढाउन अविश्वासको प्रस्ताव ल्याउन एमडीपीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण