मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी अध्यक्ष बन्न जय शाहले एसीसी अध्यक्षबाट राजीनामा दिन सक्ने

मङ्गलबार, १६ माघ २०८०, १७ : ११
मङ्गलबार, १६ माघ २०८०

नयाँ दिल्ली । जय शाहले एसियाली क्रिकेट काउन्सिल (एसीसी) को अध्यक्ष पदबाट राजीनामा दिन सक्ने बताइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) मा सचिव पदमा कार्यरत शाहले आईसीसी अध्यक्ष पदका लागि चुनाव लड्ने छन् । त्यसैले उनले एसीसीको पद छाड्न सक्ने बताइएको हो ।

एसीसीको वार्षिक साधारण सभा मंगलबारदेखि इन्डोनेसियाको बालीमा सुरु भएको छ । बैठक २ दिनका लागि हो र माघ ३१ गतेसम्म चल्नेछ । बैठकमा एसीसीको प्रसारण अधिकारबारे पनि निर्णय हुने छ ।

एसीसी अध्यक्ष पदका लागि प्रत्येक २ वर्षमा एकपटक निर्वाचन हुने गर्छ । शाहले हाल आफ्नो पदको एक वर्ष पूरा गरेका छन् । आईसीसीको अध्यक्ष पदका लागि लड्नु पर्ने भएकाले आगामी निर्वाचनअघि नै उनले पद छाड्ने विश्वास गरिएको छ । यसै वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निर्वाचन हुँदैछ । त्यसअघि एसीसीको बैठकमा शाहले आईसीसीको अध्यक्षमा उम्मेदवारी दिने कि नदिने भन्ने टुंगो लाग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप