सदस्य सचिव घिसिङ जापान प्रस्थान
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ मंगलबार राति जापानको टोकियो प्रस्थान गरेका छन् । जापान स्पोर्ट्स काउन्सिल (जेएससी) को निमन्त्रणमा घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वासहित ३ सदस्यीय टोली जापान प्रस्थान गरेको हो ।
जापानमा रहँदा राखेप र जेएससीका पदाधिकारीबिच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सदस्य–सचिव घिसिङ सहभागी हुने छन् । साथै जेएससी मातहतका हाइ पर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमोरो कार्यक्रमको अवलोकन पनि गर्ने छन् । त्यसपछि सदस्य–सचिव घिसिङ दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लेनममा सहभागी हुनुका साथै कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । सिओलको कार्यक्रममा सदस्य–सचिव घिसिङ मात्र सहभागी हुने छन् ।
जापान प्रस्थान गर्नुअघि सदस्य–सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी भ्रमणको उद्देश्य र एजेन्डा बारे जानकारी गराएका थिए । भ्रमणको विषयमा सदस्य–सचिव घिसिङले राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पनि भेट गरी जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण