ब्राइटनलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लियो लुटन
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लुटन टाउनले बलियो प्रतिद्वन्द्वी ब्राइटनलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । लुटनको सजिलो जितमा एलिजा एडेबायोले ह्याट्रिक गरेका थिए ।
जितसँगै लुटन टाउन लामो समयसपछि रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । लुटन टाउनले खेल सुरु भएको तीन मिनेटभित्रै दुई गोल गरेको थियो । खेल सुरु भएको पहिलो मिनेटमै एलिजाले लुटनलाई अग्रता दिलाएका थिए ।
तेस्रो मिनेटमा चिडोजी अगबेनले लुटनको अग्रता दोब्बर बनाएका थिए । ४२ औँ मिनेटमा एलिजाले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै लुटनलाई पहिलो हाफमै ३–० को अग्रता दिलाएका थिए । निर्धारित समयको ५६औँ मिनेटमा एलिजाले ह्याट्रिक पुरा गरेका थिए ।
हालसम्म २१ खेल खेलेको लुटन टाउन १९ अंकसहित तालिकाको १७ औँ स्थानमा उक्लिएको छ । २२ खेल खेलेको ब्राइटन भने ३२ अंकसहित तालिकाको आठौँ स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण