आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

एकैदिन दाजुभाइको उत्कृष्ट अर्धशतक

बुधबार, १७ माघ २०८०, १४ : ३४
बुधबार, १७ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै दिन दुई दाजुभाइले अर्ध शतक बनाएका छन् । प्रधानमन्त्री कपको बुधवार खेलिएको दुई छुट्टाछुट्टै खेलमा दाजुभाइ आसिफ शेख र आरिफ शेखले उत्कृष्ट अर्धशतकीय पाली खेलेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको कर्णाली प्रदेशविरुद्धको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि २३ वर्षीय आसिफ शेखले अर्ध शतक बनाए । उनी अविजित ६९ रन बनाउँदै अझै क्रिजमा सङ्घर्षरत छन् ।

यसैगरी बुधवार नै काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको लुम्बिनी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबका लागि आरिफ शेखले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । २६ वर्षीय आरिफ पुलिस क्लबका कप्तान पनि हुन् ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफले पुलिसका लागि ७६ रन बनाए । उनले ७६ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप