एकैदिन दाजुभाइको उत्कृष्ट अर्धशतक
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै दिन दुई दाजुभाइले अर्ध शतक बनाएका छन् । प्रधानमन्त्री कपको बुधवार खेलिएको दुई छुट्टाछुट्टै खेलमा दाजुभाइ आसिफ शेख र आरिफ शेखले उत्कृष्ट अर्धशतकीय पाली खेलेका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको कर्णाली प्रदेशविरुद्धको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि २३ वर्षीय आसिफ शेखले अर्ध शतक बनाए । उनी अविजित ६९ रन बनाउँदै अझै क्रिजमा सङ्घर्षरत छन् ।
यसैगरी बुधवार नै काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको लुम्बिनी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबका लागि आरिफ शेखले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । २६ वर्षीय आरिफ पुलिस क्लबका कप्तान पनि हुन् ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफले पुलिसका लागि ७६ रन बनाए । उनले ७६ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण