शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी

बिहीबार, १८ माघ २०८०, ०९ : ०२
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एट्लेटिकोले भायेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।

बार्सिलोना र ओसासुनाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औँ मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।

६७ औँ मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो ।

६३ औँ मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अङ्क दिलाउन सफल भयो ।  बार्सिलोना २२ खेलबाट ४७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अङ्कका साथ १२ औँ स्थानमा छ ।

ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भायेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

रेनिल्डोले ३५ औँ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा भायेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।

तर, ९० औँ मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एट्लेटिको मड्रिडलाई जित दिलाए । जितपछि एट्लेटिको मड्रिड ४७ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । रायो भायेकानो भने २४ अङ्कका साथ १३ औँ स्थानमा छ । 

ला लिगामा जिरोना ५५ अङ्कका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अङ्कका साथ दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप