ला लिगामा बार्सिलोना र एट्लेटिको विजयी
काठमाडौँ । लालिगामा बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एट्लेटिकोले भायेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।
बार्सिलोना र ओसासुनाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३ औँ मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।
६७ औँ मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो ।
६३ औँ मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अङ्क दिलाउन सफल भयो । बार्सिलोना २२ खेलबाट ४७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अङ्कका साथ १२ औँ स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिडले रायो भायेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।
रेनिल्डोले ३५ औँ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२ औँ मिनेटमा भायेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।
तर, ९० औँ मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एट्लेटिको मड्रिडलाई जित दिलाए । जितपछि एट्लेटिको मड्रिड ४७ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । रायो भायेकानो भने २४ अङ्कका साथ १३ औँ स्थानमा छ ।
ला लिगामा जिरोना ५५ अङ्कका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण