शैलुङमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन
रामेछाप । रामेछापको शैलुङमा रोजिटा जातको पीबीएस दानाबाट आलुको पूर्वमूल बिउ उत्पादन भएको छ । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको राजभिरमा नयाँ प्रजातिको आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसको ल्याबमा इन–भिट्रोे प्लान्ट वैज्ञानिक विधि अपनाइ पीबीएस दानाबाट रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ उत्पादन गरेको हो ।
नयाँ जातको आलुको पूर्वमूल बिउ शैलुङमा उत्पादन भएको यो दोस्रो पटक हो । यसअघि गत साल पनि सो ल्याबबाट रोजिटा जातको आलुको मूल बिउ उत्पादन गरिएको स्थानीय अगुवा किसान दावासँबु शेर्पाले जानकारी दिए ।
गत साल सो ल्याबबाट ११ हजार दाना आलुको मूल बिउ उत्पादन भएको थियो । यस वर्ष १८ हजार दाना आलुको मूल बिउ उत्पादन भएको छ । आलुको सो मूल बिउ आलुको बिउ उत्पादनको लागि रोपिने छ । त्यसबाट उत्पादन भएको आलु बिउको रूपमा प्रयोग हुनेछ ।
उत्पादित मूल बिउ ग्रेडिङ गरी प्याकिङ गरिएको अगुवा किसान शेर्पाले बताए । सो बिउ प्रतिदान २० रुपैयाँ पर्ने उनले जानकारी दिए । आलुको बिउ उत्पादन गर्न चाहने किसानले मूल बिउ खरिद गरेर लैजान सक्ने शेर्पाले बताए ।
सो आलुको मूल बिउ उत्पादनको लागि राष्ट्रिय आलु वाली विकास केन्द्र निगालेले प्राविधिक एवं प्लान्ट सहयोग गरेको थियो । त्यस्तै कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक सहयोग गर्दै आएको छ ।
नयाँ प्रजातिको आलुको बीउ उत्पादन भएसँगै शैलुङमा आलुको उत्पादन पनि बढेको छ । नयाँ बिउमा रोग प्रतिरोधात्मक क्षमता अधिक भएको तथा उत्पादित आलु बिउको रूपमा जाने भएकोले राम्रो मूल्य आउने शेर्पाले बताए ।
शैलुङमा उत्पादित आलुको बीउ शैलुङ क्षेत्र बाहेक रामेछाप जिल्लाका अन्य क्षेत्र र देश भरी नै पठाउने योजनामा स्थानीय किसान लागेका छन् । रोजिटा जातको बिउलाई आलुको दुर्लभ बिउ मानिन्छ । यसमा रोग प्रतिरोधात्मक क्षमता र उत्पादन क्षमता अधिक हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण