३० अंकले घटेर नेप्से सूचक २ हजार ६७ अंकमा झर्यो, ४ अर्बको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ३० अंकमाथिले घट्न पुगेको छ । अघिल्लो दिन २१ अंकले घट्दै २ हजार ९७.९३ अंकमा झरेको नेप्से सूचक आज थप ३०.९२ अंकले घट्दै २ हजार ६७ बिन्दुमा झरेको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
फाइनान्स बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २.३५ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.४७ प्रतिशतले र इन्भेस्टमेन्ट समूहको उपसूचक १.२९ प्रतिशतले घटेको छ ।
बैङ्किङ समूह आज १.२२ प्रतिशतले घट्दा फाइनान्स समूह भने ०.२१ प्रतिशतले बढेको छ । आज ३० अंक माथिले नेप्से सूचक घटेको बजारमा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण