आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी

बिहीबार, १८ माघ २०८०, १६ : २१
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको अमेरिकी व्यापारिक जहाजमा मिसाइल हमला गरेको दाबी गरेको छ । उनीहरूले एक कन्टेनर जहाजलाई निशाना बनाएको बताएका छन् । 

इजरायली बन्दरगाहहरूमा जाँदै गरेको सो कन्टेनरमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले गाजासँग ऐक्यबद्धता र यमनमा अमेरिकी–बेलायत आक्रमणको बदलास्वरूप आक्रमण गर्नुपरेको बताए ।

उक्त आक्रमण रेड सीमा रहेको अमेरिकी विनाशक यूएसएस ग्रेभलीमा मिसाइल प्रहार गरेको केही घण्टापछि भएको हो । यस दाबीमा अमेरिकी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप