हुथी बिद्रोहीले अमेरिकी जहाजमा आक्रमण गरेको दाबी
बिहीबार, १८ माघ २०८०, १६ : २१
काठमाडौँ । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको अमेरिकी व्यापारिक जहाजमा मिसाइल हमला गरेको दाबी गरेको छ । उनीहरूले एक कन्टेनर जहाजलाई निशाना बनाएको बताएका छन् ।
इजरायली बन्दरगाहहरूमा जाँदै गरेको सो कन्टेनरमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले गाजासँग ऐक्यबद्धता र यमनमा अमेरिकी–बेलायत आक्रमणको बदलास्वरूप आक्रमण गर्नुपरेको बताए ।
उक्त आक्रमण रेड सीमा रहेको अमेरिकी विनाशक यूएसएस ग्रेभलीमा मिसाइल प्रहार गरेको केही घण्टापछि भएको हो । यस दाबीमा अमेरिकी पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण