सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा प्रधानमन्त्रीको रूपमा फर्किएलान् नवाज शरिफ ?

शुक्रबार, १९ माघ २०८०, १४ : ०६
शुक्रबार, १९ माघ २०८०

कराँची । पाकिस्तानमा तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज सरिफ निर्वासन सकेर गएको वर्ष स्वदेश फर्किएका थिए । फेब्रुअरी ८ मा हुन लागेको निर्वाचनमा यिनै सरिफ प्रबल दाबेदारका रूपमा देखापरेका छन् । गएको तीन दशकयता पाकिस्तानको राजनीतिमा सरिफको निकै दबदबा रह्यो ।

पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा रहँदा भ्रष्टाचारको अभियोग लाग्यो । सैनिक कू पछि उनी सत्ताच्यूत भए । उनी अब फेरि प्रधानमन्त्री बन्लान् भन्ने कसैले पनि कल्पना गरेका थिएनन्  । तर उनी अर्को सफल पुनरागमनको सङ्घारमा उभिएका छन् । 

पाकिस्तानी सेनाका लागि प्रतिपक्षीको रूपमा हेरिएका व्यक्तिको यसरी नाटकीय ढङ्गले पुनरागमन होला भन्ने सोच कसैको पनि थिएन । तर यतिबेला शरिफ भावी प्रधानमन्त्रीका लागि शीर्ष दाबेदार भएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।

उनी सर्वत्र चर्चित भएर नभई उनले सही समयमा आफ्नो सही पत्ता खोलेकोले यो सम्भव भएको बौद्धिक समूह विल्सन सेन्टरका दक्षिण एसियाली निर्देशक माइकल कुजेलम्यानले बताए । 

शरिफका कट्टर प्रतिद्वन्द्वी अनि पूर्व प्रधानमन्त्री इमरान खान अहिले जेलमा छन् । उनको पार्टी देशभर प्रतिबन्धित छ । सेनाको समर्थन रहेका इमरान नभएको अवस्थामा सरिफको लागि चौंथोपटक प्रधानमन्त्री बन्ने बाटो सहज बनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप