पाकिस्तानमा प्रधानमन्त्रीको रूपमा फर्किएलान् नवाज शरिफ ?
कराँची । पाकिस्तानमा तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज सरिफ निर्वासन सकेर गएको वर्ष स्वदेश फर्किएका थिए । फेब्रुअरी ८ मा हुन लागेको निर्वाचनमा यिनै सरिफ प्रबल दाबेदारका रूपमा देखापरेका छन् । गएको तीन दशकयता पाकिस्तानको राजनीतिमा सरिफको निकै दबदबा रह्यो ।
पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा रहँदा भ्रष्टाचारको अभियोग लाग्यो । सैनिक कू पछि उनी सत्ताच्यूत भए । उनी अब फेरि प्रधानमन्त्री बन्लान् भन्ने कसैले पनि कल्पना गरेका थिएनन् । तर उनी अर्को सफल पुनरागमनको सङ्घारमा उभिएका छन् ।
पाकिस्तानी सेनाका लागि प्रतिपक्षीको रूपमा हेरिएका व्यक्तिको यसरी नाटकीय ढङ्गले पुनरागमन होला भन्ने सोच कसैको पनि थिएन । तर यतिबेला शरिफ भावी प्रधानमन्त्रीका लागि शीर्ष दाबेदार भएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।
उनी सर्वत्र चर्चित भएर नभई उनले सही समयमा आफ्नो सही पत्ता खोलेकोले यो सम्भव भएको बौद्धिक समूह विल्सन सेन्टरका दक्षिण एसियाली निर्देशक माइकल कुजेलम्यानले बताए ।
शरिफका कट्टर प्रतिद्वन्द्वी अनि पूर्व प्रधानमन्त्री इमरान खान अहिले जेलमा छन् । उनको पार्टी देशभर प्रतिबन्धित छ । सेनाको समर्थन रहेका इमरान नभएको अवस्थामा सरिफको लागि चौंथोपटक प्रधानमन्त्री बन्ने बाटो सहज बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण