पहिलो एकदिवसीयमा अस्ट्रेलियाले सजिलै हरायो वेस्ट इन्डिजलाई
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले ४८.४ ओभरमा अलआउट हुनुअघि दुई सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने ३८.३ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
मेलबर्नमा खेलिएको उक्त खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केसी कार्टी र रोस्टन चेजले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरका ब्याट्सम्यान कार्टीले ८८ रन बनाए । उनले एक सय आठ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काएका थिए ।
रोस्टनले पनि टोलीका लागि ५९ रनको योगदान गरे । उनले ६७ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । अस्ट्रेलियाका बलर जेभियर ब्राटलेटले चार विकेट लिए । सिन एबोट र क्यामरुन ग्रिनले पनि दुई–दुई विकेट हात पारे । एडम जाम्पाले पनि एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाका लागि तीन ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान जस इनग्लिसले ६५ रन बनाए । उनले ४३ बलको सामना गरी एक छक्का र १० चौका हिर्काए ।
क्यामरुन ग्रिनले पनि अविजित ७७ रनको योगदान गरे । उनले एक सय चार बलमा दुई छक्का र चार चौका पनि प्रहार गरे । कप्तान स्टिभन स्मिथले टोलीको खातामा अविजित ७९ रन थपे । उनले ७९ बलको सामना गरी आठ चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान ट्राभिस हेड भने चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । अस्ट्रेलियाले अतिरिक्त रुपमा भने सात रन पाएको थियो । वेस्ट इन्डिजका बलर म्याथ्यु फोर्ड र गुडाकेश मोटीले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण