कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो ।
जसमा अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएकी छन् ।
त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।
त्यस्तै कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेको छ । ‘चाँडै निर्वाचन गर्न कांग्रेस केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेका छाँै’, नेता लेखकले भने, ‘आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण