आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गीत : छोरीमाथिको भेदभाव

शुक्रबार, १९ माघ २०८०, १७ : २३
शुक्रबार, १९ माघ २०८०

खुबै गर्‍यौ, स्वर्गै तर्‍यौ, पराई घर पठायौ

न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ 

छोरा र छोरी हो बराबरी रहेछ मात्र नारा    

छोराकै जित यस्तै छ रित छोरीको सधैँ हार 

जन्मै दियौ, कर्मै दियौ, हुर्कायौ बढायौ

खुबै गर्‍यौ, स्वर्गै तर्‍यौ, पराईघर पठायौ

प्रकृतिको खेलै त हो हुर्क्यौ बढ्यौँ सँगै 

भारी मन बिसौँदामा हुन्थ्यौ तिमी दङ्गै 

न त हाम्रो मन बुझ्यौ न त कहिल्यै सोध्यौ 

अकाट्य त्यो तिम्रो मन आफैँ खोज्यौ रोज्यौ

शिक्षा दियौ, दीक्षा दियौ, लेखायौ पढायौ

खुबै गर्‍यौ, स्वर्गै तर्‍यौ, पराईघर पठायौ

सरस्वती–देवी, कुमारी–लक्ष्मी महिला कै अवतार

चल्दैन सृष्टि, बदलौँ दृष्टि, त्यागौँ है तुच्छ बिचार 

आँखाको नानी, ममता खानी, धर्ती हो महिला खास

महिला जान्छन् उज्यालो भाछन् ईश्वरकै त्यहीँ बास् 

भेदभाव गर्‍यौ, गर्भै तुहायौ, पाप धर्मै कटायौ

खुबै गर्‍यौ, स्वर्गै तर्‍यौ, पराईघर पठायौ

न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ 

खुबै गर्‍यौ, स्वर्गै तर्‍यौ, पराईघर पठायौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जीवन पौडेल
जीवन पौडेल
लेखकबाट थप