गीत : छोरीमाथिको भेदभाव
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराई घर पठायौ
न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ
छोरा र छोरी हो बराबरी रहेछ मात्र नारा
छोराकै जित यस्तै छ रित छोरीको सधैँ हार
जन्मै दियौ, कर्मै दियौ, हुर्कायौ बढायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
प्रकृतिको खेलै त हो हुर्क्यौ बढ्यौँ सँगै
भारी मन बिसौँदामा हुन्थ्यौ तिमी दङ्गै
न त हाम्रो मन बुझ्यौ न त कहिल्यै सोध्यौ
अकाट्य त्यो तिम्रो मन आफैँ खोज्यौ रोज्यौ
शिक्षा दियौ, दीक्षा दियौ, लेखायौ पढायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
सरस्वती–देवी, कुमारी–लक्ष्मी महिला कै अवतार
चल्दैन सृष्टि, बदलौँ दृष्टि, त्यागौँ है तुच्छ बिचार
आँखाको नानी, ममता खानी, धर्ती हो महिला खास
महिला जान्छन् उज्यालो भाछन् ईश्वरकै त्यहीँ बास्
भेदभाव गर्यौ, गर्भै तुहायौ, पाप धर्मै कटायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
न सुख–शान्ति, न घर–माइती, विक्षिप्त बनायौ
खुबै गर्यौ, स्वर्गै तर्यौ, पराईघर पठायौ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण