पार्टीभित्रको मतभेद चिर्दै अघि बढ्नुपर्छ : महामन्त्री थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र देखिएको मतभेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आदर्श कोतवाल गाउँपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीभित्रको मतभेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताए । उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिए ।
महामन्त्री थापाले मधेसमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । “मधेसमा जनसङ्ख्या बढ्दो छ भने खाद्यान्न उत्पादनलगायतका क्षेत्रमा पनि ध्यान दिन जरुरी छ,” उनले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेमा विश्वास व्यक्त गरे ।
त्यस अवसरमा स्थानीयहरुले महामन्त्री थापा समक्ष पालिकाले भोग्दै आएका समस्या अवगत गराएका थिए ।
महामन्त्री थापा मेचीदेखि महाकालीसम्मको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा बारा आइपुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन