शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै पीएसजी
शनिबार, २० माघ २०८०, ०६ : ३९
पेरिस । स्ट्रासबर्गलाई हराउँदै पेरिस सेन्ट जर्मेनले लिग वानको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले २–१ को जीत निकाल्दै ९ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलमा स्टार खेलाडी किलियान एम्बाप्पेले एक गोल गर्नुका साथै पेनाल्टीबाट गोल गर्नबाट चुकेका थिए । खेलको छैटौँ मिनेटमा नै पीएसजीको पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्न सकेनन् ।
तर ३१ औँ मिनेटमा मार्को असेन्सियोको पासमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए । यो सिजन फ्रेन्च फरवार्डको २० औँ गोल थियो । दोस्रो हाफको सुरुवातमा उनले असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।
६८ औँ मिनेटमा डिलेन बाकवाले एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुनसकेन । २० खेलपछि पीएसजीको ४७ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको निसको ३८ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण