गीत
रोएको छौ कहिले धारा खोलेर ?
शनिबार, २० माघ २०८०, ०८ : ००
अरू कोही मान्छेहरूले सुन्ला भनेर
बाथरुमभित्र हत्तपत्त ढोका थुनेर
के रोएको छौ कहिले धारा खोलेर ?
आधा संसार आँसु नै हो ,रोए मन पखालिन्छ
यदि रुनु ठिक हो भने,आँसु किन लुकाइन्छ ?
छातीभित्र पलपलको प्रेम दुखेर
देब्रे हातको हत्केलाले मुख छोपेर
के रोएको छौ कहिले धारा खोलेर ?
गुमाउने र हार्नेहरूको ,आँसु लाज भइदिन्छ
उसो भए खुसी हुँदा मान्छे किन रोइदिन्छ?
जित्नु पर्ने खेलहरू हारी पठाएर
मनभरिका विस्फोटहरू मनमै थामेर
के रोएको छौ कहिले धारा खोलेर?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण