आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट

आइतबार, २१ माघ २०८०, १० : ०१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । 

कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषकाे हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै  अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।

420547130_3591357811082805_4191707227807911345_n

‘बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्योल कायम रहेको अवस्था देखियो । त्यति हुँदाहुँदै पनि पटक पटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ’, अध्यक्ष ढुंगेलले भनेका छन् । उनका अनुसार पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा जिल्ला अध्यक्षले एकलौटी गर्न खोजेपछि विवाद सुरु भएको हो । एमाले धादिङ जिल्लाका अध्यक्ष भूमि त्रिपाठी हुन् ।

अध्यक्ष त्रिपाठीले प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको दाबी गरेका छन् । उनले रातोपाटीसँग भने -'त्यो विज्ञप्ति फेक हो, त्यो अधिकार पनि उहाँलाई छैन, अधिकार अध्यक्ष मण्डललाई छ । त्यसैले हामी आधिकारिक विज्ञप्ति जारी गर्दै छौँ । '

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप