सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

६ महिनामा ७० चलचित्र सेन्सर : स्वदेशीभन्दा विदेशी बढी

आइतबार, २१ माघ २०८०, ११ : ५९
आइतबार, २१ माघ २०८०

काठमाडौंँ । ‘स्वदेशी फिल्मलाई विदेशीले विस्थापित गरिसक्यो’ नेपाली निर्माता निर्देशकको मुखमा झुन्डिएको शब्द हो यो । हुन पनि नेपालमा स्वदेशीभन्दा विदेशी फिल्म नै बढी रिलिज हुने गरेका छन् ।

नेपालमा फिल्म रिलिज अगाडि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट पास गर्नुपर्ने प्रावधान छ । यो आर्थिक वर्षको ६ महिना अर्थात् गत साउनदेखि पुस मसान्तसम्म सेन्सर भएका फिल्मको डाटाले नेपालमा विदेशी फिल्मको दबदबालाई पुष्टि गर्दछ ।

गत साउनदेखि पुस मसान्तसम्म ७० चलचित्र सेन्सर भएका छन् । जसमा नेपाली २८, हिन्दी १९, अङ्ग्रेजी १७ र नेपालमा बन्ने विभिन्न भाषाभाषी ५ र डकुमेन्ट्री एक छन् ।

यो आर्थिक वर्षको सुरुवात अर्थात् साउनमा नेपाली, अङ्ग्रेजी र हिन्दी गरेर १७ चलचित्र सेन्सर भए । साउनमा सेन्सर भएका फिल्ममा ‘अदृश्य’, ‘बार्बी’, ‘ओपनहेमर’, ‘रकी और रानीकी प्रेम कहानी’, ‘घोसन’, ‘द मेक २’, ‘मेबी’, ‘रिपा’, ‘ओएमजी २’, ‘जेलर’, ‘दुस्प्रयास’, ‘जुलेबी’, ‘ब्लु बेटल’, ‘द क्वीन मेरी’, ‘घुमर’ का अलावा एक अङ्ग्रेजी र एक गुरुङ भाषाका छन् ।

भदौमा भने १५ फिल्म सेन्सर भएको छ । जसमा ‘इलामे माइला’, ‘जय हो’, ‘महानगर’, ‘ऐचो पैचाँे’, ‘अकेली’, ‘ड्रिम गर्ल २’, ‘रिट्रीब्युसन’, ‘अपिच्य’, ‘गणपति’, ‘द नम’, ‘जवान’, ‘निङ्जे’, ‘नाङ्गो गाउँ’, ‘एक भावत एक गीता’ छन् ।

त्यस्तै असोजमा १४ फिल्म सेन्सर भएको देखिन्छ । जसमा ‘द एक्पान लेवल ४’, ‘द ग्रेट इन्डियन फ्यामिली’, ‘परदेशी २’, ‘सर्बेट’, ‘बालपन’, ‘फक्रे’, ‘चन्द्रमुखी २’, ‘द क्रेटर’, ‘स , ‘पशुपति प्रसाद २’, ‘पा पेट्रोल’, ‘मिसन रानीगंज’, ‘ब्ल्याक छायाँ’ र ‘कौसीद’ छन् ।

कात्र्तिकमा दसैँ, तिहारजस्ता मुख्य पर्व परेका कारण थोरै फिल्म सेन्सर भएको छ । कात्र्तिकमा ‘लियो’, ‘गणपथ’, ‘उफ यो मन’, ‘दिमाग खराब’, ‘टाइगर ३’, ‘द मार्वस’, ‘द हङ्गर गेम्स’ गरेर जम्मा ७ फिल्म सेन्सर भएको छ ।

मङ्सिरमा पनि जम्मा ७ फिल्ममात्र सेन्सर भएको छ । जसमा ‘साम बहादुर’, ‘एनिमल’, ‘सतिदेवी’, ‘जम्प’, ‘२ कदम’, ‘हाइ पापा’, ‘हात्तीछाप’ छन् ।

कात्र्तिक र मङ्सिरको तुलनामा पुसमा सेन्सर भएका फिल्मको संख्यामा केही बढेको छ । ‘फिरौती’, ‘लोजिना’, ‘ड्रिम सिनारियो’, ‘नो वीन्टर होलिडेज’, ‘चित्रा’, ‘पसले’, ‘मिलर’, ‘मेरी क्रिसमस’, ‘पर्खी बसेँ तिमीलाई’ र ‘एक्टर’ गरेर १० फिल्म पुसमा सेन्सर भएका छन् ।

  • यस्ता छन् नेपाली फिल्म

गत साउनदेखि पुससम्म अर्थात् ६ महिनामा सेन्सर पास भएका नेपाली फिल्मको संख्या २८ छ । विदेशी फिल्म (हिन्दी र अङ्ग्रेजी)को तुलनामा नेपालीको संख्या केही कम छ । चलचित्र सेन्सर बोर्डले उपलब्ध गराएको डाटा अनुसार नेपाली फिल्म ‘अदृश्य’, ‘रिपा’, ‘दुस्प्रयास’, ‘जुलेबी’, ‘लिलामे माइला’, ‘जय हो’, ‘महानगर’, ‘ऐँचाे पैँचाे’, ‘अपिच्य’, ‘गणपति’, ‘नाङ्गो गाउँ’, ‘एक भावत एक गीता’, ‘परदेशी २’, ‘सर्बेट’, ‘बालपन’, ‘पशुपति प्रसाद २’, ‘ब्ल्याक छायाँ’, ‘कौसीद’, ‘उफ यो मन’, ‘दिमाग खराब’, ‘सतिदेवी’, ‘जम्प’, ‘२ कदम’, ‘हात्तीछाप’, ‘फिरौती’, ‘पसले’, ‘चित्रा’, ‘पर्खी बसेँ तिमीलाई’ र ‘एक्टर’ यो अवधिमा सेन्सर भएका छन् । यीमध्ये ‘सतिदेवी’, ‘एक्टर’, ‘हात्तीछाप’लगायत केही फिल्म रिलिज हुन बाँकी छन् । फिल्म ‘सतिदेवी’ र ‘एक्टर’ले भने अहिलेसम्म आफ्नो रिलिज मिति तोकेको छैन । ‘हात्तीछाप’ भने आगामी शुक्रबार अर्थात् २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

  • हिन्दी फिल्म कति ?

साउनदेखि पुससम्म नेपालमा विदेशी ३६ फिल्म सेन्सर भएका छन् जसमध्ये हिन्दी फिल्म १९ वटा छन् ।

चलचित्र सेन्सर बोर्डको तथ्याङ्क अनुसार हिन्दीमा ‘रकी और रानीकी प्रेम कहानी’, ‘ओएमजी २’, ‘जेलर’, ‘घुमर’, ‘अकेली’, ‘ड्रिम गर्ल २’, ‘जवान’, ‘द ग्रेट इन्डियन फ्यामिली’, ‘फक्रे’, ‘चन्द्रमुखी २’, ‘मिसन रानीगंज’, ‘लियो’, ‘गणपथ’, ‘टाइगर ३’, ‘साम बहादुर’, ‘एनिमल’, ‘हाइ पापा’, ‘मिलर’, ‘मेरी क्रिसमस’ लगायतका फिल्म सेन्सर भएको छ ।

यी सबै फिल्म नेपालमा सेन्सर रिलिजका लागि भएका हुन् । त्यसैले सबै फिल्म नेपालमा प्रदर्शन भयो भनेर भन्न समेत सकिन्छ । १९ फिल्ममध्ये ‘ओएमजी २’, ‘जेलर’, ‘जवान’, ‘लियो’, ‘गणपथ’, ‘टाइगर ३’,  र ‘एनिमल’ले राम्रो व्यवसाय गरेको बताइन्छ ।

  • १७ अङ्ग्रेजी फिल्म

विगत ६ महिनामा १९ हिन्दी फिल्म सेन्सर हुँदा अङ्ग्रेजी फिल्म १७ वटा सेन्सर भएको देखिन्छ । जसमा ‘बार्बी’, ‘ओपनहेमर’, ‘एक अङ्ग्रेजी’, ‘द मेक २’, ‘मेबी’, ‘ब्लु बेटल’, ‘द क्वीन मेरी’, ‘रिट्रीब्युसन’, ‘द नम’, ‘द एक्पानडेवल ४’, ‘द क्रेटर’, ‘स’, ‘पा पेट्रोल’, ‘द मार्वस’, ‘द हङ्गर गेम्स’, ‘ड्रिम सिनारियो’लगायत छन् । यी सबै फिल्म प्रदर्शनको केही दिन अगाडि सेन्सर भएको हो ।

  • भाषाभाषी ५ फिल्म

यो अवधिमा नेपाल भाषा, गुरुङ, तमाङ, भोजुरी, मैथली लगायत थुप्रै भाषाका फिल्म निर्माण भएका छन् । तीमध्ये केहीले मात्र सेन्सर गराउने गरेका छन् । भाषाभाषी फिल्म जसले हलमा रिलिज वा च्यारेटी गर्न चाहन्छ, तिनलाई मात्र सेन्सर गर्नुपर्ने प्रावधान छ ।

यो वर्षको साउनदेखि पुससम्म केही भाषाभाषी फिल्म सेन्सर भएका छन् । जसमा घोषक, एक गुरुङ फिल्म, ‘ङिड्जे’, ‘तिमक’, ‘लोगेमा’ लगायत छन् । घोषक नेपाल भाषाको फिल्म हो, भने ‘ङिड्जे’ तामाङ फिल्म हो ।  ‘तिमक’ र ‘लोगेमा’ लिब्बु फिल्ममा निर्माण भएको छ । ‘तिमक’लाई सेन्सर बोर्डले काटछाट गरेर पुनः सेन्सर गर्न सुझाएको थियो ।

  • डकुमेन्ट्री चलचित्र

यो आर्थिक वर्षको पुस महिनाभित्र सेन्सर पास गराउने फिल्मको सूचीमा एक डकुमेन्ट्री चलचित्र ‘नो वीन्टर होलिडेज’ अर्थात ‘ढोरपाटन’ पनि छ । युरोप र एशियाका प्रसिद्ध चलचित्र महोत्सव लतायत अन्य थुप्रै महोत्सवमा विभिन्न अवार्ड र पुरस्कार जित्न सफल डकुमेन्ट्री चलचित्रका निर्माता निर्देशक राजन कठेत हुन् । ‘नो वीन्टर होलिडेज’ गत पुस महिनामा सार्वजनिक प्रदर्शनमा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप