नार्कमाथि मन्त्री भुसालको हस्तक्षेप किन ?
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आफूले नार्कमाथि हस्तक्षेप गरेको बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा.ध्रुवराज भट्टराईलाई नियुक्त गर्दा मन्त्री भुसालको आलोचना भइरहेको छ । मन्त्री भुसालले वैज्ञानिकहरूको संस्था नार्कमाथि अनावश्यक हस्तक्षेप गरेको टिप्पणीहरू भइरहेका छन् । सो आलोचना तथा टिप्पणीप्रति प्रतिक्रिया दिँदै मन्त्री भुसालले सो कुरा बताएका हुन् ।
नार्कमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले भने, ‘नार्कको अध्यक्षको हैसियतले मैले हस्तक्षेप गरेकै हो । यसमा कसैले चित्त नदुखाए हुन्छ ।’ उनले सरकारले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन आफूले नार्कको अध्यक्षको नाताले यो हस्तक्षेप गरेको धारणा राखेका थिए । आफू कसैको व्यक्तिगत काममा, अनुसन्धान तथा अध्ययनमा हस्तक्षेप नगरेको बताउँदै त्यसमा टिप्पणी गर्ने तथा आलोचना गर्ने अवस्था नै नरहेको उनको भनाई थियो ।
‘मैले जे गरेको छु, त्यो नीतिगत र वैधानिक छ,’ मन्त्री भुसालले भने, ‘तपाईंहरू राम्रो काम गर्नुस् त्यसमा कुनै हस्तक्षेप हुने छैन ।’
नार्कमा भएको अनुसन्धान आम जनतासमक्ष नपुगेको गुनासो गर्दै मन्त्री भुसालले अध्ययन अनुसन्धान गरेर दराजमा मात्र थन्काएर नहुने र त्यसलाई आम जनता समक्ष पुर्याउन समेत आग्रह गरे ।
नार्कलाई कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय स्तरको अध्ययन केन्द्र बनाउने आफ्नो लक्ष्य रहेको उनको जिकिर थियो । तर त्यसअनुसार यहाँका वैज्ञानिक तथा कर्मचारीले पनि काम गरेर देखाउनुपर्ने उनले बताए । परम्परागत तरिकाको खेतीले पनि आत्मनिर्भर हुन नसकिने बताउँदै उनले उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनका लागि कृषिमा नयाँ नयाँ जातको विकास हुनु जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण