खेलाडीको डाइटमा दुध अनिवार्य गर्न आग्रह
आइतबार, २१ माघ २०८०, १७ : ५१
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समावेश गराइदिन खेदकुद मन्त्रालयसँग आग्रह गरेको छ । दुधको खपत कम भएको भन्दै एसोसिएसनले मन्त्रालयलाई खेलाडीको डाइटमा दुध अनिवार्य गराउन आग्रह गरेको हो ।
बजारमा दुध तथा दुग्ध पदार्थको माग कम भएको एसोसिएसनले जनाएको छ । उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारणले दुधको खपत कम भएको एसोसिएसनले जनाएको छ ।
दुध निरन्तर खरिद गरी पाउडर दुध बनाउनुपर्ने भएकाले हाल डेरी उद्योगमा करिब बटर र धुलो दुध गरी ५ अर्ब रकम बराबरको मौज्दात भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
सो रकमको मौज्दात रहँदा किसानलाई दुधको रकम भुक्तानी दिन नसकेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण