सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीको डाइटमा दुध अनिवार्य गर्न आग्रह

आइतबार, २१ माघ २०८०, १७ : ५१
आइतबार, २१ माघ २०८०

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समावेश गराइदिन  खेदकुद मन्त्रालयसँग आग्रह गरेको छ । दुधको खपत कम भएको भन्दै एसोसिएसनले मन्त्रालयलाई खेलाडीको डाइटमा दुध अनिवार्य गराउन आग्रह गरेको हो ।

बजारमा दुध तथा दुग्ध पदार्थको माग कम भएको एसोसिएसनले जनाएको छ । उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारणले दुधको खपत कम भएको एसोसिएसनले जनाएको छ । 

दुध निरन्तर खरिद गरी पाउडर दुध बनाउनुपर्ने भएकाले हाल डेरी उद्योगमा करिब बटर र धुलो दुध गरी ५ अर्ब रकम बराबरको मौज्दात भएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए । 

सो रकमको मौज्दात रहँदा किसानलाई दुधको रकम भुक्तानी दिन नसकेको उनले उल्लेख गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप