प्रदेश संरचनामाथि प्रश्न उठाइने कुरा भ्रमपूर्ण : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश संरचनामाथि प्रश्न उठाइने कुरा भ्रमपूर्ण रहेको बताएका छन् । अहिलेनै संघीयतामाथि प्रश्न उठाइने कुरा भ्रमित कुरा रहेको उनको भनाइ छ ।
आइतबार प्रदेश सभाको छैटौँ स्थापना दिवसको अवसरमा बोल्दै शर्माले भने, ‘प्रदेश आवश्यक छैन भन्ने प्रतिगामी प्रवृत्ति र सोच हो ।’
उनले ६ वर्षको समीक्षा गर्दै आगामी बाटो सुदृढ गर्ने विषयमा छलफल र बहसहरु हुनुपर्ने बताए । ‘संघीयता, प्रदेशप्रति दिनप्रतिदिन विश्वास घट्दो छ भन्ने कुरा सत्य होइन, यस्ता भ्रमित कुराको पछि लाग्नु हुँदैन,’ शर्माले भने, ‘नजिकको सरकारको नाताले कर्णालीका आवाश्यकताहरु पुरा गर्ने विषयमा केही अन्तर्विरोधका विषय छन्, तर नपुगेका विषयमा टेकेर प्रदेश आवश्यक छैन भन्ने प्रतिगामी सोच हो । यस्ता सोचहरु समाजमा छिटपुट भइरहन्छन् ।’
मुख्यमन्त्री शर्माले प्रदेश भारी भयो भन्नेहरुलाई पञ्चायतकालको संरचना हेर्न अनुरोध गरे । उनले जुन तरिकाले गति पैदा हुनुपर्ने हो त्यो अनुसार नभएको बताए । प्रदेश सरकारको कार्य सम्पादनको विषयमा उनले क्रमागत र बहुबर्षीयको भारी बोकेर सरकार हिँडिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण