लिभरपुललाई हराउँदै आर्सनलले दुरी घटायो
लण्डन । आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो ।
गोलकिपर एलिसनको गल्तीको फाइदा उठाउँदै बुकायो साकाले खेलको १४ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ग्याब्रिएलले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो ।
दोस्रो हाफमा भर्जिल भान डाइक र एलिसनले गल्ती गरेपछि ६७ औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले पुनः घरेलु टोलीलाई अग्रता दिलाए । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले तेस्रो गोल थप्दै आर्सनललाई जीत दिलाए ।
२३ खेलपछि आर्सनलको ४९ अङ्क रहेको छ । लिभरपुल समान खेलबाट ५१ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण