सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुललाई हराउँदै आर्सनलले दुरी घटायो

सोमबार, २२ माघ २०८०, ०६ : ४०
सोमबार, २२ माघ २०८०

लण्डन । आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलमाथि ३–१ गोलको शानदार जीत हासिल गरेको छ । योसँगै टोलीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरी दुई अङ्कमा झार्न सफल भएको हो ।

गोलकिपर एलिसनको गल्तीको फाइदा उठाउँदै बुकायो साकाले खेलको १४ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ग्याब्रिएलले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो ।

दोस्रो हाफमा भर्जिल भान डाइक र एलिसनले गल्ती गरेपछि ६७ औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीले पुनः घरेलु टोलीलाई अग्रता दिलाए । ८८ औँ मिनेटमा इब्राहिमा कोनाटेले दोस्रो पहेँलो कार्ड पाएसँगै लिभरपुल १० खेलाडीमा सीमित बन्यो । इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले तेस्रो गोल थप्दै आर्सनललाई जीत दिलाए । 

२३ खेलपछि आर्सनलको ४९ अङ्क रहेको छ । लिभरपुल समान खेलबाट ५१ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप