बेलायतमा क्यान्सर विरुद्धको खोपको परीक्षण सुरु
लन्डन । बेलायतमा क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको एउटा विश्वव्यापी परीक्षणमा सहभागी भएका छन् । यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप लगाउनेछन् । यो खोप अमेरिकी फर्मा कम्पनी मोडेर्नाले निर्माण गरेको हो ।
इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टमा मेलानोमा भएका एकजना ८१ वर्षीय पुरुषलाई एमआरएनए–४३५९ नाम गरेको यो खोप लगाइएको छ । यो परीक्षणमा खोपको सुरक्षा अनि मेलानोमा, फोक्सो क्यान्सर र अन्य ट्युमर क्यान्सरविरुद्ध खोप कत्तिको प्रभावकारी हुन्छ भनेर हेरिनेछ ।
यो खोपको लक्ष्य प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु र क्यान्सरका विरुद्ध लड्ने बनाउनु रहेको छ । शुरुवाती चरणमा परीक्षणको उद्देश्य क्यान्सरको उपचारमा अहिले प्रयोग भइरहेका औषधि प्रेम्ब्रोलाएजुम्याबसँग खोपलाई मिलाएर वा एक्लै प्रयोग गर्दाको सुरक्षा र एमआरएनए थेरापीको सहनताको मूल्याङ्कन गर्नु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण