बेलायतमा क्यान्सर विरुद्धको खोपको परीक्षण सुरु

लन्डन । बेलायतमा क्यान्सरका बिरामीहरू क्यान्सर विरोधी खोपको एउटा विश्वव्यापी परीक्षणमा सहभागी भएका छन् । यसमा सहभागी बिरामीहरूले शरीरमा रहेका क्यान्सरका कोष पहिचान गर्न र ती कोषविरुद्ध लड्न सक्ने खोप लगाउनेछन् । यो खोप अमेरिकी फर्मा कम्पनी मोडेर्नाले निर्माण गरेको हो ।
इम्पेरियल कलेज हेल्थकेयर एनएचएस ट्रस्टमा मेलानोमा भएका एकजना ८१ वर्षीय पुरुषलाई एमआरएनए–४३५९ नाम गरेको यो खोप लगाइएको छ । यो परीक्षणमा खोपको सुरक्षा अनि मेलानोमा, फोक्सो क्यान्सर र अन्य ट्युमर क्यान्सरविरुद्ध खोप कत्तिको प्रभावकारी हुन्छ भनेर हेरिनेछ ।
यो खोपको लक्ष्य प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु र क्यान्सरका विरुद्ध लड्ने बनाउनु रहेको छ । शुरुवाती चरणमा परीक्षणको उद्देश्य क्यान्सरको उपचारमा अहिले प्रयोग भइरहेका औषधि प्रेम्ब्रोलाएजुम्याबसँग खोपलाई मिलाएर वा एक्लै प्रयोग गर्दाको सुरक्षा र एमआरएनए थेरापीको सहनताको मूल्याङ्कन गर्नु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर