मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ
काठमाडौँ । भारतीय अरबपति मुकेश अम्बानी विश्वकै शक्तिशाली सीईओको सूचीमा दोस्रो स्थानमा परेका छन् । ब्रान्ड गार्जियनशिप इन्डेक्स २०२४ मा लगातार दोस्रो वर्ष पनि उनी दोस्रो स्थानमा रहेका हुन् ।
रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी माइक्रोसफ्टका सत्य नदेल्ला, गुगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका एलन मस्कलाई पछाडि पार्दै दोस्रो स्थानमा परेका हुन् । डाइभर्सिफाइड ग्रुपको श्रेणीमा भने मुकेश सबैभन्दा माथि छन् ।
ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनी टेन्सेन्टका सीईओ हुआतेङ मा पहिलो स्थानमा छन् । हुआतेङले ८१ दशमलव ६ अङ्क पाएका छन् । भारतीय सूचीमा पहिलो र विश्वव्यापी सूचीमा दोस्रो स्थानमा रहेका अम्बानीले भने ८० दशमलव ३ अङ्क पाएका छन् ।
अम्बानीले जुन गतिले आफ्नो व्यापार व्यवसाय विस्तार गरिरहेका छन्, यो हेर्दा उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिन्छन् । यो सूचीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पाँचौं स्थानमा छन् ।
महिन्द्रा एन्ड महिन्द्राका अनिश शाह छैटौँ स्थानमा छन् । इन्फोसिसका सलिल पारेख भने १६ औं शक्तिशाली सीईओ बनेका छन् । विभिन्न आधारमा सीईओहरुको प्रदर्शन मापन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण