आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाट्सएपमा आयो नयाँ फिचर

सोमबार, २२ माघ २०८०, १४ : ४१
सोमबार, २२ माघ २०८०

काठमाडौँ । म्यासेजिङ एप ह्वाट्सएप लोकप्रिय एप हो । हरेकको मोबाइलमा यो एप पाउन सकिन्छ । 

ह्वाट्स एप, फेसबुक र इन्ष्टाग्राम एउटै कम्पनीको प्रडक्ट हो । केही युजरहरुलाई फेसबुक र इन्ष्टाग्राममा स्टोरी शेयर गर्न मन पराउँछन् । केही भने ह्वाट्स एप स्टाटस राख्न मन पराउँछन् । फेसबुक फोटो स्ट्याटस, भिडियो शेयर गर्ने ठाउँ ह्वाट्सएप हो । ह्वाट्सएप भने हामी संवादका लागि चलाउँछौँ ।

दुवै फरक फरक प्रयोजनका एप हुन् । तर दुबैमा एउटा सुविधा छ । २४ घण्टाका लागि आफ्नो अडियन्सहरुलाई तपाई टेक्ष्ट, फोटो वा भिडियो शेयर गर्न सक्नु हुन्छ । यसलाई हामी ह्वाट्सएमा स्ट्याटस र फेसबुकमा स्टोरी भन्छौँ । 

रोचक कुरा त के हो भने केही युजर दुवै प्लेटफर्ममा एउटै कन्टेन्ट शेयर गर्छन् । तर दुबैमा छुट्टा छुट्टै शेयर गर्नु पर्थ्यो । तर अब ह्वाट्सएपले आफ्नो युजरहरुलाई स्टेटस सिधै फेसबुक स्टोरीमा शेयर गर्ने अनुमति दिएको छ ।

यसका लागि तपाईँले सुरुमा आफ्नो सामाजिक सञ्जालको एकाउन्टलाई ह्वाट्सएपमा लिंक गर्नु पर्नेछ । स्टेटस प्राइभेसी सेटिङमा ‘शेयर माई स्ट्याटस एक्रस माई एकाउन्ट्स’ अप्शनलाई सेलेक्ट गरेर यो गर्न सकिन्छ । यो फिचर एक्टिभेट भएपछि तपाईँले आफ्नो स्ट्याटस दुवै प्लेटफर्ममा एकै पटक शेयर गर्न सक्नु हुन्छ । छुट्टा छुट्टै पोष्ट गर्ने झन्झटबाट मुक्त भइनेछ । फेसबुक एकाउन्ट पुष्टि गरेपछि ह्वाट्सएपमा स्ट्याटस अपडेट क्रियट गर्न सकिन्छ अनि एप बाहिर नआइकन सिधै फेसबुकको स्टोरीमा शेयर गर्ने अप्शन सेलेक्ट गर्न सकिन्छ ।

एन्ड्रोइडमा यो फिचर चलाउन:

१. सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुस् अनि अपडेट्स बटन सेलेक्ट गरेर च्याट्समा जानुस् ।

२. स्ट्याट्स अप्शनमा माइ स्ट्याटसमा ट्याप  गर्नुस् अनि अपडेट्स सेलेक्ट गर्नुस् ।

३. स्ट्याटस अपडेटको साइडमा तीन वटा डट देख्नु हुनेछ । त्यसमा ट्याप गर्नुस् ।

४. शेयर टू  फेसबुक सेलेक्ट गर्नुस् ।

५ शेयर नाउ मा ट्याप गर्नुस् ।

आइफोनमा यो फिचर चलाउन:

१. ह्वाटस एप खोले अपडेट्स ट्याबमा जानुस् ।

२. माई स्ट्याटसमा गएर स्ट्याटस अप्शनमा जानुस् ।

३. आँखाको आइकन देख्नु हुनेछ ।

४. मोरमा ट्याप गरेर शेयर टू फेसबुक छान्नुस् ।

५. शेयर नाउमा थिच्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप