पाकिस्तानको चुनावमा अमेरिकी नजर
काठमाडौँ । पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमनिर्वाचन हुँदै छ । पाकिस्तानी आमचुनावमा अमेरिकासहित विश्वका धेरैजसो देशको नजर छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आमचुनावालई नजिकबाट नियालिरहेको जनाएको छ ।
‘पाकिस्तानमा हुने आमचुनावलाई नजिकबाट अनुगमन गरिरहेका छौँ । अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लङ्घनप्रति हाम्रो चिन्ता छ,’ सोमबार अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ ।
अमेरिकाले पाकिस्तानी जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर भावी नेता छान्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाकिस्तानको चुनावी प्रक्रियालाई नजिकबाट नियालिरहेका छौँ । हामी यसमा धेरै भन्दा धेरै मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौँ र अभिव्यक्ति स्वतन्त्रता र विधायिका अधिकारको सम्मान हुनुपर्छ भन्ने चाहन्छौँ ।’
उनले अमेरिकाले चुनावका बेला हिंसाका घटनाहरू नचाहेको र मिडिया स्वतन्त्रतामा प्रतिबन्ध नलगाउन समेत आग्रह गरेको बताए । ‘हामी मिडिया स्वतन्त्रतामा प्रतिबन्ध र इन्टरनेट स्वतन्त्रतामा प्रतिबन्धको विरुद्धमा छौँ । पाकिस्तानका जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर आफ्नो भावी नेता चुन्ने अधिकार छ र यसका लागि निर्वाचन स्वतन्त्र, निष्पक्ष र कुनै डरविना हुनुपर्छ,’ पटेलले भने ।
पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसङ्ख्या भएको देश हो । पाकिस्तानको जनसङ्ख्या हाल २४१.५ मिलियन छ । यहाँ पुरुष मतदाताको सङ्ख्या ६.९ करोड छ भने महिला मतदाताको सङ्ख्या ५.९ करोड छ । मतदानको उमेर १८ वर्ष छ ।
पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दु र ०.५ प्रतिशत अन्य छन् । पाकिस्तानको चुनावमा २६६ सिटका लागि ५ हजार १२१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण