पाकिस्तानमा आतंकवादी हमलाः १० प्रहरीको मृत्यु, ६ घाइते
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
अज्ञात आतंककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो ।
आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए । मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी रहेका छन् । प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए ।
प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरु गरिएको जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण