पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा मजदुरी गर्नुपर्ने
कराँची । पाकिस्तानका चर्चित पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानले हालै १० वर्षको जेल सजाय पाएका थिए । अहिले खानलाई रावलपिन्डीको अलियाला जेलमा राखिएको छ ।
पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार खान र पूर्व विदेशमन्त्री शाह महमूद करैशी हाई प्रोफाइल कैदी भए पनि मजदुरी गर्नु पर्नेछ । द एक्सप्रेस ट्रिब्यूनमा छापिएको खबरका अनुसार ७१ वर्षका खान र ६७ वर्षका कुरैशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ ।
खान पाकिस्तान तहरीक–ए–इंसाफका संस्थापक अध्यक्ष हुन् भने कुरैशी सो पार्टीका उपाध्यक्ष हुन् । खबरका अनुसार दुवैले दोषी ठहर हुनु अघि जेलमा पाइरहेका सुविधा भोगिरहेका छन् । खानमाथि अन्य मुद्दा पनि चलिरहेकोले अहिले नै उनले बन्दीले लगाउनु पर्ने पोसाक भने लगाउनु पर्दैन । हाई प्रोफाइल कैदी भएकोले खानलाई सामान्य कैदीका बिचमा राखिनेछैन । दुवै बन्दीले जेल श्रम गर्नु पर्नेछ ।
खान र कुरैशीलाई दोषी ठहर हुनु अघि नै पक्राउ गरेर जेलमा हालिएकोले यो समय पनि सजायमा गनिनेछ । गैर–इस्लामिक विवाह गरेको मामिलामा हालै खान र उनकी कान्छी पत्नीलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । तोशाखाना मामिलामा दुबैलाई १४ वर्षको सजाय भएको छ । सिफर मामिलामा भने खान र कुरैशीलाई १० वर्षको सजाय सुनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण