कामना सेवा विकास बैंकद्वारा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग
मङ्गलबार, २३ माघ २०८०, १४ : ५५

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्नेस्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले विद्यालयका प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री