बढुवा भएका प्रमुख सुबेदार र सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबिच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ति गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार/सुबेदार ३२ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ९ जना बाहेक २३ जनालाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
उक्त अवसरमा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देलले पनि पदोन्नति भएकाहरुलाई सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए । समारोहमा रथी, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते