निश्चलद्वारा स्वास्थ्य संस्थालाई तीन रोपनी जग्गादान
काठमाडौँ । फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका –१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् । आज मंगलबार इलामस्थित मालपोत कार्यालयमा पुगेर बस्नेतले आफ्नो नाममा रहेको ३ रोपनी, २ दाम २ पैसा जग्गा स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई प्रदान गरेका हुन् ।
बुवाको इच्छामा अनुसार आफ्नो नाममा रहेको उक्त जग्गा दान गरेको निश्चले बताए । ‘कतै हल्ला नगरी सुटुक्क दान गर्ने इच्छा थियो’, निश्चलले भने ‘हल्ला भइहाल्यो ।’ जग्गा दान गर्न उनी बुवासँगै मालपोत कार्यालयमा पुगेका थिए ।
निश्चल निर्देशित पछिल्लो फिल्म ‘दिमाग खराब’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनी अहिले दुई फिल्मको तयारीमा छन् । ती मध्य एक ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायाङ्कनमा जाने तयारीमा छ, भने अर्को एक्सन फिल्म गर्ने उनले केही दिनअघि घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण