निश्चलद्वारा स्वास्थ्य संस्थालाई तीन रोपनी जग्गादान

काठमाडौँ । फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले इलाम नगरपालिका –१ साखेजुङमा रहेको आफ्नो जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका छन् । आज मंगलबार इलामस्थित मालपोत कार्यालयमा पुगेर बस्नेतले आफ्नो नाममा रहेको ३ रोपनी, २ दाम २ पैसा जग्गा स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई प्रदान गरेका हुन् ।
बुवाको इच्छामा अनुसार आफ्नो नाममा रहेको उक्त जग्गा दान गरेको निश्चले बताए । ‘कतै हल्ला नगरी सुटुक्क दान गर्ने इच्छा थियो’, निश्चलले भने ‘हल्ला भइहाल्यो ।’ जग्गा दान गर्न उनी बुवासँगै मालपोत कार्यालयमा पुगेका थिए ।
निश्चल निर्देशित पछिल्लो फिल्म ‘दिमाग खराब’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनी अहिले दुई फिल्मको तयारीमा छन् । ती मध्य एक ‘बेहुली फ्रम मेघौली’ फागुनदेखि छायाङ्कनमा जाने तयारीमा छ, भने अर्को एक्सन फिल्म गर्ने उनले केही दिनअघि घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित