पुनरागमन गर्दै भारत यू–१९ विश्वकपको फाइनलमा
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्य भारतीय टोलीले आठ विकेट गुमाएर पूरा गरेको हो ।
भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । दुवैले पाँचौँ विकेटका लागि कीर्तिमान १७१ रनको साझेदारी गरे। यो साझेदारी यस्तो समयमा भयो, जब भारतले ३२ रनमा चार विकेट गुमाएको थियो।
यसअघि दक्षिण अफ्रिकाले जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रनको सहयोगमा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४४ रन बनाएको थियो । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।
२४५ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो । तर कप्तान उदय सहारन र सचिन धसको ब्याटिङका कारण भारतले जित निकाल्यो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण