आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

होटलको एउटा कोठाको एक रातको भाडा नै १ करोड ३३ लाख रुपैयाँ

बुधबार, २४ माघ २०८०, १२ : ५४
बुधबार, २४ माघ २०८०

दुबई । कतै घुमफिरका लागि जाँदा बस्नु पर्‍यो भने हामी होटलमा कम्प्लीमेन्ट्री ब्रेकफाष्टको साथमा आरामदायक कोठा खोज्छौँ । कहिलेकाहीँ बजेट हेरेर महँगो कोठामा खोज्छौँ भने नयाँ वर्षको पहिलो दिनजस्ता मुख्य सार्वजनिक बिदाका बेलामा कोठा नपाएर सस्तो कोठालाई पनि महँगो पैसा तिर्न बाध्य हुन्छौँ । आफ्नो बजेट अनुसार सस्ता महँगा अनेकौँ होटल पाइन्छ । केही विलासी होटलमा पाइने सेवा सुविधा सुन्दा हामी छक्क पर्छौ । आज हामी तपाईँलाई संसारको सबैभन्दा महँगो होटलको कोठाबारे बताउन गइरहेका छौं । यो होटलमा एक दिनको कोठा भाडाले हामी सानो एउटा घर नै किन्न सक्छौँ, अपार्टमेन्ट किन्न सक्छौँ ।

यो होटल हो दुबईको एटलान्टिस द रोयल । दुबईमा कयौँ महँगा होटलहरू छन्, तर होटल एटलान्टिसको ‘द रोयल’ आफैंमा विशेष छ । यहाँ स्विमिङ पुल, शयनकक्ष, अफिस रुम, पुस्तकालय, सम्मेलन कोठा आदि कयौँ चिज छन् । एटलान्टिस होटलको यो २ तले पेन्टहाउसको नाम ‘द रोयल म्यानसन’ राखिएको छ । यस पेन्टहाउसको सुनौलो र स्वेत थिममा बनाइएको छ । यसको सुन्दरताले जोकोहीलाई अचम्मित बनाउनेछ । यो पेन्टहाउस सुइटमा २ ओटा शयनकक्ष र २ भव्य बाथरूमहरू छन् । यिनीहरूको लूकले आगन्तुकलाई दङ्ग पार्नेछ । सेतो सिंगमर्मर प्रयोग गरेर बनाइएको यस सुन्दर म्यानसनमा आउटडोर र इनडोर किचन छन् ।

यो सुईटमा एउटा निजी बार, गेम रुम र एउटा निजी चलचित्र थिएटर पनि छ । तापमान नियन्त्रित इन्फिनिटी पुल पनि छ । होटलको १८ र १९ औँ तलामा यी सुइट छन् । यहाँबाट बुर्ज खलिफा, अरबी खाडी जस्ता चर्चित स्थलहरू हेर्न सकिन्छ । यी सुईटका एक दिनको भाडा कति होला ? तपाईले पक्कै पनि यही सोचिरहनु भएको होला । ‘द रोयल म्यानसन’को एक रातको भाडा १ लाख अमेरिकी डलर अर्थात् १ करोड ३३ लाख नेपाली रुपैयाँ छ । यस म्यान्सनमा सय वर्ष बुढो जैतुनको रूख पनि छ । यस अघि भन पाम्स क्यासिनो रिसोर्टको एम्प्याथी सुइट विश्वको सबैभन्दा महँगो होटल कोठा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप