प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकले संविधानसभाका सदस्य समेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको शोक प्रस्ताव पारित गरेको हो ।
सभामुख घिमिरेले भने, ‘नेपाली कांग्रेस पार्टीबाट विक्रम सम्वत २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित सदस्य पूर्व सामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असमायिक निधन भएकालेमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त शोकलाई पारित गरिदिन हुन अनुरोध गर्दछु ।’
बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारण समेत गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार आठ विश्वकप खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण