अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको सुरुआतमै गोल गर्दै केप भर्डेविरुद्ध पुनः अग्रता बनाएको छ।
मियामी स्टेडियममा जारी खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समय सुरु भएको थियो। अतिरिक्त समयको ९२औँ मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए।
यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ५९औँ मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा ल्याएका थिए।
निर्धारित समयमा केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले लगातार उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई दोस्रो गोल गर्नबाट रोकेका थिए। उनको प्रेरणादायी प्रदर्शनका कारण खेल अतिरिक्त समयमा पुगेको थियो।
हाल अतिरिक्त समय जारी रहेको छ भने अर्जेन्टिना २–१ ले अगाडि छ। यस खेलको विजेताले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
-
फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण