आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्याजसहित दुई वटा गाडी नियन्त्रणमा

बुधबार, २४ माघ २०८०, १९ : ०१
बुधबार, २४ माघ २०८०

पर्स । पर्सा जिल्लाको विभिन्न स्थानबाट  प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट सशस्त्र प्रहरीले माघ २४ गते  प्याज बोकेको एउटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ । प्याज र गाडीको गरेर कुल मूल्य करिब २१ लाख १६ हजार रुपैयाँ बराबर रहेको छ । 

प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।

त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते बरामद भएको प्याज र गाडीको मूल्य पनि २१ लाख १३ हजार रुपैयाँ बराबर रहेको छ ।

प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो ।

बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

यसअघिको समाचारमा अध्यावधिक गरिएको छ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप