प्याजसहित दुई वटा गाडी नियन्त्रणमा
पर्स । पर्सा जिल्लाको विभिन्न स्थानबाट प्याजसहित सशस्त्र प्रहरी बल नेपालले दुई वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विर्ताबाट सशस्त्र प्रहरीले माघ २४ गते प्याज बोकेको एउटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ । प्याज र गाडीको गरेर कुल मूल्य करिब २१ लाख १६ हजार रुपैयाँ बराबर रहेको छ ।
प्रदेश २–०३–००१ च ५९३५ नम्बरको पिकअप गाडीमा राखी विन्दावासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ९ सय १० किलो प्याज प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोही महानगरपालिका–२५ चण्डाल चोकबाट माघ २३ गते बरामद भएको प्याज र गाडीको मूल्य पनि २१ लाख १३ हजार रुपैयाँ बराबर रहेको छ ।
प्रदेश २–०३–००१ च ६२०३ नम्बरको पिकअप गाडीमा राखी बिन्दवासिनीबाट वीरगन्जतर्फ ल्याउँदै गरेको २ हजार ८ सय ३० किलो प्याज बिओपी ड्राईपोर्टले नियन्त्रणमा लिएको हो ।
बरामद प्याज तथा दुईवटै गाडी आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघिको समाचारमा अध्यावधिक गरिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
-
सांसद थेबेले मागे सुकुमबासीदेखि सेयर बजारसम्मको हिसाब
-
शरीरमा आगो लगाएर आत्मदाह प्रयास
-
यस्तो देखियो गण्डकी–लुम्बिनी जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण