बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

बुधबार, २४ माघ २०८०, २० : ४१
बुधबार, २४ माघ २०८०

काठमाडौँ । सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो । 

चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।   

उनले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङका नागरिकलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । 

राक्सिराङले यस अघि पनि क्रिसमसको अवसरमा पनि ३ दिन बिदा दिएको थियो ।

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप