सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने
काठमाडौँ । सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो ।
चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।
उनले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङका नागरिकलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
राक्सिराङले यस अघि पनि क्रिसमसको अवसरमा पनि ३ दिन बिदा दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण