नाइजेरिया अफ्रिका कपको फाइनलमा
बिहीबार, २५ माघ २०८०, ०९ : ४३
काठमाडौँ । नाइजेरिया अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार राति खेलिएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै नाइजेरिया फाइनलमा पुगेको हो ।
नाइजेरिया र दक्षिण अफ्रिकाबिचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि जित–हारको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
नाइजेरियाले फाइनलमा आइभरी कोस्टसँग उपाधिका लागि भिडन्त गर्नेछ । आइभरी कोस्ट भने कंगोलाई १–० गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण