आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

तस्बिरमा हेर्नुहोस् नेपाल र क्यानडाबिचको प्रतिस्पर्धा

बिहीबार, २५ माघ २०८०, ११ : १३
बिहीबार, २५ माघ २०८०

काठमाडौँ ।  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल र क्यानडाबिच प्रतिस्पर्धा भइरहेको छ । बिहीबार कीर्तिपुरमा जारी खेलमा प्रतियोगितामा नेपालले २५ ओभरमा चार विकेट गुमाएर एक सय २४ रन बनाएको छ । नेपालका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल १७ र छैटौँ नम्बरका ब्याट्सम्यान आरिफ शेख चार रन बनाउँदै क्रिजमा सँघर्षरत छन् ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए । ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो । उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए । रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए । उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए । रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो ।

हेरौ तस्बिरहरु : 

nepal-canada-cricket (3)nepal-canada-cricket (4)nepal-canada-cricket (5)nepal-canada-cricket (6)nepal-canada-cricket (7)nepal-canada-cricket (8)nepal-canada-cricket (9)nepal-canada-cricket (10)nepal-canada-cricket (11)nepal-canada-cricket (12)nepal-canada-cricket (13)nepal-canada-cricket (14)nepal-canada-cricket (15)nepal-canada-cricket (16)nepal-canada-cricket (17)nepal-canada-cricket (18)nepal-canada-cricket (19)nepal-canada-cricket (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप