अपस्फीतिको दलदलमा फस्दैछ चीन
बेइजिङ । गएको महिना चीनको उपभोक्ता मूल्य अपस्फीतिको दलदलमा थप धकेलिएको छ । जनवरीमा उपभोक्ता मूल्य सूचक एक वर्ष अघिको तुलनामा शून्य दशमलव ८ प्रतिशतले घटेको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । खाद्यान्नको मूल्य विशेष गरी सुँगुरको मासुको भाउमा आएको तीव्र कमीका कारण समग्र सूचकमा दबाब बढेको हो ।
सीपीआईमा आएको यो कमी सन् २००९ को सेप्टेम्बरयताकै सबैभन्दा धेरै हो । योसँगै लगातार चौथो महिना पनि सीपीआई ओरालो लागेको छ । यसले अर्थतन्त्रले सामना गरिरहेको ठुलो चुनौती उजागर गरेको छ ।
यतिबेला चीन सरकारलाई उपभोक्ता र लगानीकर्ताहरूको मनोबल ब्युँताउन सकस भइरहेको छ । घरजग्गा बजारमा व्यापक मन्दी छ । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । कमजोर निर्यातका कारण अर्थतन्त्र प्रभावित भइरहेको छ ।
हालैका वर्षहरूमा चिनियाँ शेयर बजारबाट ७० खर्ब डलर भन्दा धेरै गुमिसकेको छ । यस्तोमा चौतर्फी रोष बढ्न थालेपछि बुधवार सरकारले शेयर बजारका मुख्य नियामक निकायका मुख्य अधिकारीलाई बर्खास्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको घोषणा : युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र अवरोधक उत्पादनको अनुमति दिइने
-
प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण