सिपाहीमा समर्पित गोर्खा वारियरको गीत जय जय गोर्खाली रिलिज
काठमाडौँ । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहीबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
सशस्त्र प्रहरी बल पूर्व महानिरीक्षक एवम् वरिष्ठ गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको सङ्गीत रहेको छ । कतव्र्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रूपमा गाएका छन् ।
यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रूपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ । गीतले बा आमाको आशिष माग्दै, वीरहरूको पनि वीर बन्दै डटेर लड्ने इमानदारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तव्य र जिम्मेवारीको बयान गरेको छ । गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सङ्घर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रव्य दृश्य दुवै माध्यमले वर्णन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण